घटना मोड्न देबिदेउराली सामुदायिक बाबुरामले यस्तो गरे


शितगंगा नगरपालिका वडा नम्बर ११ को देबिदेउराली सामुदायिक बनका अध्यक्ष बाबुराम आर्चायले सेटिङमा काठ उपलब्ध गराउने भन्दै ३ लाख रकम ठेकदार सँग लिएको सुचना प्रवाहले समाचार प्रकासन गरे पछि उनले गल्ती लुकाउने हर्कत गरेका छन ।


उनले रकम अरुको लागि बुझेको भन्दै फेसबुकमा झुटो आरोप रहेको भन्दै लेखेका छन तर उनले नाम लिएका चेत बहादुरले सबै कार्य समिति र समाजकै अगाडी यो कुरा पुष्टी गरेको सामाग्री हामी सँग सुरक्षित रहेको छ ।
घटना बाहिरी पछि निज चेत बहादुरलाइ प्रलोभनमा पारेर आफुको रकम भन्न प्रभाव पारेको स्थानियको आरोप छ । यता पैसा पठाउने ठेकदारले भने उत्त रकम बाबुरामलाई काठकै लागि पठाए बताएका छन । उनेले लगानी लगाएको र काठ पाउनु पर्ने बताएका छन । काठ दिने सर्तमै कामलारहरुलाई काठ निकाल्न लगाएर काम सक्ने समयमा रकम उनले दिएका छैन्न ।

आज आर्चायले बुटवलमा पुगेर चेतबहादुरलाई भेटी रकम आफुले दिएको भन्न लगाएर घटना मोडने प्रयास गरे पन रकम पठाउने ब्यत्तिले भने रकम कुनै लेनदेनको नभइ कामको लागि दिएको बताएका छन ।

निज बाबुरामले यस अघिको काठ लिलाम गर्दा समेत समक लिने गरेको खुलेको छ । उनेले काठ लिलाम भएर गाडीमा लोड भए पछि छुटपुर्जीमा साइन नगरि रकम लिएको श्रोत का भनाइ छ ।


साथै उत्त घटनाका प्रमाण र श्रोत हामी सँग सुरक्षित रहेका छन ।