विजयनगर गाउँपालिकामा बालबालिका शतप्रतिशत विद्यालय भर्ना र वडा ७ बाल बिबाह मुक्त घोषणा

साउन २६ गते, विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाकलाई आज एक कार्यक्रम विच बालबालिका शतप्रतिशत विद्यालय भर्ना र बाल बिबाह मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथी नारायण प्रसाद खनालले घोषणा गर्नु भयो ।

बाल विबाह मुक्त अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को सन् २०३० सम्ममा नेपालमा बाल बिबाह अन्त्य गर्ने लक्ष्य अनुरुप सम्पूर्ण कानुन र व्यवस्थाको सम्मान र अनुशरण गर्दै आधारभूत तह विद्यालय उमेर ५ देखि १२ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना तथा वडा नं। ७ बाल बिबाह मुक्त घोषणा गरिएको हो ।

गाउँ बाल संरक्षण तथा सम्वर्धन उप समिति र कालिका स्वावलम्बन सामाजिक केन्द्रले गरेको सर्वेक्षणमा २०७३÷०७४ मा बाल विवाह २३ प्रतिशत रहेको थियो र यो दर २०७४÷०७५ मा ६।६ प्रतिशत रहेको थियो । यसरी यस वर्षको सर्वेक्षणमा जम्मा ८५ विवाह भएको मध्ये १ ओटा मात्र बाल विवाह भएको तथ्याङ्कलाई आधार मान्दै बाल विवाह मुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक नारायण प्रसाद खनालले समाजमा विद्यामान रहेका बहु विबाह,लैङिगक हिंसा, छुवाछुत, दाइजो प्रथा छाउपडी प्रथा बालश्रम र मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको विभिन्न जनचेतनामुलक कार्यक्रममार्फत अन्त्य गर्ने बताउनु भयो । यी विभिन्न कुरीति, अन्धविश्वास, धार्मिक नकारामत्क विश्वासको अन्त्य नभएसम्म समाजको विकास र चेतनशील नागरिकको विकास नहुने कुरामा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा अध्यक्ष दिनेश कुमार चौधरीले सबैको सहयोगले शतप्रतिशत विद्यालय भर्ना र बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नु भयो । हाम्रो समाजमा जरा गाडेर रहेको कुप्रथा, कुसँस्कार र अन्धविश्वास जस्ता नकारात्मक तत्वहरुलाई शिक्षा र चेतनामार्फत अन्त्य गर्ने कुरामा जोडमा दिनु भयो ।

कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बाल विवाह जस्ता कुरीतिहरुलाई अन्त्य गर्न सर्व प्रथम बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । यसको साथै आफैले कुसँस्कारहरुको सामाजिक बहिस्कार गर्ने हो भने छिटै अन्त्य गर्न सक्ने दावी गर्नु भयो ।

कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक नारायण प्रसाद खनालको प्रमुख अतिथ्यता, जिल्ला समन्वय समिति अधिकारी जगन्नाथ लामिछाने र जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख थानेश्वर घिमिरेको विश्ष्टि अतिथ्यता, गाउँपालिका अध्यक्ष गोपाल बहादुरको अध्यक्षता र सामाजिक विकास शाखा अधिकृत बासुदेव जमर कट्टेलको सञ्चादनमा सम्पन्न भएको थियो ।

Published by Admin

news imfarmation